पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते

दाङ-दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । आज बिहान पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलनजिक दुर्घटना भएको हो । 

बसमा १६ जना यात्रु थिए । घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । बसका चालक रामेछाप सुनपति गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।