इटालियन सिरी ए : रोमा विजयी

इटालियन सिरी ए : रोमा विजयी

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा रोमाले जित निकालेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा फ्रोसिननलाई २–० गोलले हराउँदै रोमा विजयी भएको हो ।

रोमाको जितमा रोमेलु लुकाकु र रोलेन्जो पेलेग्रिनीले एक–एक गोल गरेका थिए । खेलको २१औँ मिनेटमा लुकाकुले दिलाएको अग्रतालाई ८३औँ मिनेटमा पेलेग्रिनीले दोब्बर बनाएका थिए । यो जितसँगै रोमा ७ खेलबाट ९ अंकसहित तालिकाको १३औँ स्थानमा छ ।