सदस्य र मन्त्रीकै उपस्थिति कम

सदस्य र मन्त्रीकै उपस्थिति कम

सुर्खेत- कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अर्थात् बजेट अधिवेशन सोमबारदेखि अन्त्य भएको छ । यस बजेट अधिवेशनमा ३९ वटा बैठक बसेका छन् । उक्त बैठकमा प्रदेश सभा सदस्यको उपस्थित हेर्ने भने न्यून देखिन्थ्यो । सबैभन्दा कम उपस्थित हुने प्रदेश सभा सदस्यमा जाजरकोटका राजीवक्रिम शाह रहनुभएको छ ।  प्रदेश सभा सचिवालयका अनुसार उहाँ ३९ वटा बैठकमा छ दिन मात्रै उपस्थित हुनुभएको छ । 

डोल्पाका प्रदेश सभा सदस्य शेरबहादुर बुढा आठ दिन मात्रै प्रदेश सभा बैठकमा उपस्थित हुनुभएको छ । सबैभन्दा कम उपस्थित हुने प्रदेश सभा सदस्यमा सन्तोषी शाही १३ दिन, सुरेश अधिकारी १७ दिन बैठकमा उपस्थित हुनुभएको छ । कानुन निर्माणको जिम्मा लिएर प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य महत्वपूर्ण छलफलमै उपस्थित न्यून देखिएको छ । दोस्रो तथा बजेट अधिवेशनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र दुई वटा विधेयक पारित गरेको छ । यस्तो महत्वपूर्ण बैठकमा समेत प्रदेश सभा सदस्यको उपस्थित न्यून रहेको हो । अधिकांश प्रदेश सभा सदस्य २० वटा बैठकभन्दा कम उपस्थित भएका छन् । हुम्लाका कलबहादुर हमाल ११ दिन उपस्थित हुनुभएको थियो । प्रदेश सभा सदस्य विनोदकुमार शाह र  विन्दमान विष्ट १६/१६ दिन, विजया बुढा १९ दिन, जुम्कित लामा कार्की, बलिमाया बुढा, इन्द्रकुमारी शाही र लक्ष्मी सुनार १९/१९ दिन, पूर्णबहादुर खत्री १७ दिन उपस्थित हुनु भएको बताइन्छ । प्रदेश सभा सदस्य देवेन्द्रबहादुर शाही र दक्षिणा शाही, कल्याणी खड्का, घनश्याम भण्डारी र तुलसा मल्ल १८/१८ दिन उपस्थित हुनुभएको थियो ।

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, जितबहादुर मल्ल र जानकी सिंह १७/१७ दिन उपस्थित हुनुभएको थियो ।  प्रदेश सभा सदस्य गमता विक, महेन्द्र केसी, हिक्मतबहादुर विष्ट,  टेकराज पछाई २२/२२ दिन उपस्थित हुनुभएको जनाइएको छ । प्रदेश सभा सदस्य मिलन खड्का रोका २१ दिन, वीरबहादुर शाही, दुर्गबहादुर रावत र रणसिंह परियार २०/२० दिन उपस्थित हुनुभएको जनाइएको छ । नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल २२ दिन उपस्थित हुनुभएको  बताइन्छ ।  सभामुख नन्दा गुरुङ र उपसभामुख यशोदा न्यौपाने पनि २२/२२ दिन उपस्थित हुनु भएको देखिन्छ । 

मन्त्री पनि कम उपस्थित

कर्णाली प्रदेश सभामा प्रदेश सभा सदस्य मात्रै होइनन्, मुख्यमन्त्री र मन्त्रीसमेत बैठकमा कम उपस्थित हुने गरेको पाइन्छ । मुख्यमन्त्री राजकुमार शर्मा ३९ वटा बैठकमध्ये १३ दिन मात्रै उपस्थित हुनुभएको बताइन्छ । प्रदेश सभा बैठकमा सरकारकै प्रतिनिधिको उपस्थिति नभएको भन्दै प्रदेश सभा सदस्यले पटक पटक आलोचना गर्दै आएका थिए । मुख्यमन्त्री तथा मन्त्रीले प्रदेश सभालाई त्यति महìव नदिएको आरोपसमेत लाग्ने गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह १९ दिन उपस्थित हुनुभएको जनाइएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी २२ दिन, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसी १६ दिन, सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेल २१ दिन, जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विश्वकर्मा १९ दिन, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाही २० दिन, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्मा १४ दिन उपस्थित हुनु भएको बताइन्छ । नागरिक समाजका अगुवा पीताम्बर ढकाल प्रदेश सभा सदस्यको अनुपस्थितिले संसद्को गरिमा कायम हुन नसक्ने बताउनुहुन्छ ।