काङ्ग्रेसमा महामन्त्री र उपसभापति मध्य १-१ जना महिला अनिवार्य बनाउन खड्काको माग

काङ्ग्रेसमा महामन्त्री र उपसभापति मध्य १-१ जना महिला अनिवार्य बनाउन खड्काको माग

काठमाडौं - नेपाली काङ्ग्रेसकी युवा नेत्री बिनिता खड्काले काङ्ग्रेसको विधान संसोधनको माग अगाडि सारेकी छन् ।

नेपाली काङ्ग्रेसमा दुई महामन्त्री र दुई उप-सभापति हुने विधानमा व्यबस्था छ । नेत्री खड्काले एकजना महामन्त्री र एकजना उपसभापति महिला अनिवार्य गर्न माग गरेकी छिन् ।

माउन्टेन टेलिभिजनको एक अन्तर्वार्तामा खड्काले विधान संसोधन गरेर भएपनि उक्त प्रावधान राख्न माग गरेकी छिन् ।

नेपाली काङ्ग्रेसको १४ औं  महाधिवेशनमा पार्टी केन्द्रिय सदस्य पराजित खड्का अहिले तरुण दलको केन्द्रिय सदस्य छन् । उनले तरुण दल अब भौतिक लडाइँ होईन वैचारिक लडाइँमा उत्रने बताएकी छिन् ।

तरुण दललाई हेर्ने दृष्टिकोणलाई बदल्न अब पार्टीलाई वैचारिक रूपमा मार्गनिर्देशन गर्ने भुमिका तरुण दलले निर्वाह गर्ने बताएकी छिन् ।

`पार्टी भित्र रुपान्तरण अभियान चलेको छ, यो कुनै पात्रका विरुद्ध होईन नेपाली काङ्ग्रेसमा युवा र महिलाको सहभागिता उच्च बनाएर बलियो र भरपर्दो प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियान हो , काङ्ग्रेसलाई एकताबद्ध बनाउने अभियान हो ´ खड्काले बताएकी छिन् ।