अध्यक्ष चन्दले ओलीलाई सिम्तामा गरे भव्य स्वागत

सुर्खेत - सिम्ता गाउँपालिका अध्यक्ष तथा एमाले कर्णाली प्रदेश कमिटी सदस्य ऐन बहादुर चन्दले पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिलाई पुर्वी सुर्खेतको सिम्तामा स्वागत गरेका छन् ।
झुलाघाट - चिवाभञ्ज्याङ् यात्रामा रहेको एमाले नेतृत्वलाई सिम्ताको गोजीमा अध्यक्ष चन्द लगाएतको टोलिले स्वागत गरेको थियो ।
अध्यक्ष चन्दले ओलिलाई गाउँपालिकाको प्रशासनिक भवनमा समेत भ्रमण गराएका छन् । एमाले अध्यक्ष सहितको टोलिलाई गोजि बजारमा स्वागत सहित बिहानीको खाना खुवाउने बन्दोबस्ती गाउँपालिका अध्यक्ष चन्दले गरेका थिए ।
पहिलो संविधानसभा निर्वाचनमा एमालेका उम्मेदवार ऋषि प्रसाद शर्माको दुई दिन अगाडि हत्या भएको थियो । सहिद ऋषि र सिम्ता गाउँपालिका अध्यक्ष चन्द राजनीतिमा बलियो सहयात्री थिए ।
एमाले अध्यक्ष ओलीले सहिद ऋषिको सम्झनामा सिम्ता भ्रमणबाट गरेको बताएका थिए । ओली नेतृत्वको टिमलाई स्वागत गर्न मानिसहरूको गोजिमा भिड लागेको थियो ।
प्रतिक्रिया