अध्यक्ष चन्दले सुरुवात गरे विद्यार्थी सङ अन्तरक्रिया

सुर्खेत - सिम्ता गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले विद्यार्थी सङ अन्तक्रिर्या गरेका छन् । चन्दले भानु मावि बजेडिचौरका विद्यार्थी सङ अन्तक्रिर्या गरेका हुन् ।
विद्यालय शिक्षा तथा स्वास्थ्य,बाल विवाह,बाल अधिकार विषयमा अन्तक्रिर्या सम्पन्न भएको छ ।
चन्दले विद्यालय सुधारका लागि पनि सुझाव संकलन गरेका छन् ।
वडा नम्बर ४ का अध्यक्ष विरेन्द्र सिंहको उपस्थितिमा अन्तक्रिर्या भएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली पनि सहभागी थिए ।
गाउँपालिकामा निर्वाचित भएदेखि अध्यक्ष चन्दले विभिन्न तप्का सङ छलफल गर्ने लोकतान्त्रिक पद्धति बिकास गरिरहेका छन् ।
गाउँपालिकाको बिकास र समृद्धि सबैको सहभागिता र सामुहिक प्रयत्न बाट मात्र सम्भव हुने धारणा अध्यक्ष चन्दको छ ।
``अध्यक्ष चन्द ज्यु भानु मावी आएर यहाँको पुर्वाधार र पठनपाठनको अवस्था बारे जानकारी लिनुभयो । शिक्षक तथा विद्यार्थी सङ अन्तक्रिर्या पनि गरि सुझाव लिनुभएको छ । गाउँपालिकाको यो अभियानले विद्यालय सङ सम्बन्ध मजबुत गराएको छ । ´´ सोही विद्यालयका शिक्षक सुन्दर मल्लले भने ।
प्रतिक्रिया