चन्द नेतृत्वमा आएपछि सुर्खेतमा फुटबल गतिविधि तीब्र

चन्द नेतृत्वमा आएपछि सुर्खेतमा फुटबल गतिविधि तीब्र

सुर्खेत - जिल्ला फुटबल संघ सुर्खेतमा रबिन्द्र चन्दको आगमन सङै फुटबल गतिविधिले तिब्रता पाएका छन् ।

 

सुर्खेत जिल्ला फुटबल संघले यसै वर्ष ए-डिभिजन र बि-डिभिजन प्रतियोगिता आयोजना सम्पन्न गरेको छ । 

 

त्यस्तै सुर्खेत जिल्ला फुटबल संघले SKY CULB को सहकार्यमा फुटबल सम्बन्धि Grassroots Program संचालन गरिसकेको छ । 

 

सुर्खेत जिल्ला फुटबल संघले मङ्सिर महिनामा Inter-School Football Tournament-2080  आयोजना गरि सम्पन्न गरेको छ ।

 

सुर्खेत जिल्ला फुटबल संघ सुर्खेतका अध्यक्ष रबिन्द्र चन्दलाई कार्यसमितिको दह्रो साथ रहेको छ । उपाध्यक्ष ललित जंग शाही र

महासचिव सुनिल देवकोटाको संयोजनका कारण पनि चन्दलाई जिल्लामा गतिविधि गर्न सजिलो भएको छ । चन्द एन्फाको केन्द्रीय कार्यसमिति सदस्य समेत छन् ।

 

रबिन्द्र चन्द पुर्व खेलाडी भएका कारण पनि खेलकुदको बिकास र खेलाडीको प्रतिभा प्रस्फुटनमा विषेश ध्यान दिइरहेका छन् । 

 

चन्दलाई कर्णाली प्रदेशको खेलकुद बिकासमा अग्रणी भुमिका निर्वाह गर्ने भरपर्दो पात्रको रूपमा हेरिन थालिएको छ ।