ठूलीभेरी नगरपालिकाका मेयरद्वारा रिगंरोडको अवधारणा

ठूलीभेरी नगरपालिकाका मेयरद्वारा रिगंरोडको अवधारणा

डोल्पा - डोल्पाको ठूलीभेरी नगरपालिकाका नगर प्रमुख श्वबर्ण कुमार बुढाले  सदरमुकाम दुनैमा रिगंरोडको अवधारण अगाडी बढाउन  निरिक्षण र अनुगमनको कार्य गरेका छन् ।

मेयर बुढाले सदरमुकाम दुनैमा रिंगरोड निर्माण गरी पर्यटकीय तथा ब्यापारिक हिसाबमा सहज र प्रभावकारी बनाउन निरिक्षण र सम्भाव्यताको लागि स्थलगत अनुगमन गरेका हुन् ।

स्थलगत अनुगमन पश्चात यथासिघ्र चाडो उक्त कार्यको थालनी गरिने  बताएका छन् ।

अनुगमनमा वडा नं ०३ वडा अध्यक्ष भक्त बहादुर भण्डारी १ नम्बरका वडा अध्यक्ष तेज बहादुर रोकाया साथै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल ,इन्जिनियर राजेन्द्र ठकुल्ला, कार्यक्रम अधिकृत दन्ता न्यौपाने लगायत स्थानीय नागरिकको समेत सहभागी थिए ।