बिपिन जोशीको रिहाइका लागि कतार सरकार सङ सहकार्य गरिरहेका छौँ - राजदूत ढकाल

बिपिन जोशीको रिहाइका लागि कतार सरकार सङ सहकार्य गरिरहेका छौँ - राजदूत ढकाल

काठमाडौं - कतारका लागि नेपाली राजदूत नरेश बिक्रम ढकालले  हमासले नियन्त्रणमा लिएका बिपिन जोशीको रिहाइका लागि कतार सरकार सङ निरन्तर प्रयत्न गरिरहेको बताएका छन् ।

हमासले नियन्त्रणमा लिएका सुदूरपश्चिमका बिपिन जोशीको अझैसम्म रिहाई भएको छैन । 

दोहा फोरममा भाग लिन गएका परराष्ट्रमन्त्री एनपी साउदले कतारका प्रधानमन्त्री शेख मोहमद सङ भेटघाटका क्रममा बिपिन जोशीको रिहाइका लागि सहजीकरण गरिदिन आग्रह गरेको  र प्रधानमन्त्री शेखले रिहाइका लागि जिम्मेवारीपूर्वक लाग्ने प्रतिबद्धता गरेको राजदूत ढकालले बताएका छन् । 

कतारका लागि नेपाली राजदूत ढकालले नेपालका परराष्ट मन्त्री साउदलाई कतारी  प्रधानमन्त्री र परराष्ट्रमन्त्री मन्त्री सङ भेटवार्ताको वातावरण निर्माण गरेका थिए ।

बिपिन जोशीलाई रिहाइ गर्ने सवालमा कतारी प्रधानमन्त्री उत्सुक भएको समेत राजदूत ढकालले बताए । राजदूत ढकाल परराष्ट्रमन्त्री साउद र कतारी प्रधानमन्त्री तथा अन्य मन्त्रीहरु सङ भएको भेटघाटमा सहभागी थिए ।