१२ हजार विद्यार्थी दीक्षित गराएर टियुले कायम गर्यो विश्व रेकर्ड
काठमाडौं -त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार ४ सय १५ विद्यार्थी दीक्षित भएका छन् । सबैभन्दा ठूलो दीक्षान्त समारोह गरेको भन्दै त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्ड कायम गरेको छ । अफिसियल वर्ल्ड रेकर्डले विश्व रेकर्डको प्रमाणपत्र प्रदान गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल बाट विद्यार्थीहरू दीक्षित भएका हुन् ।
त्रिविको ६१औँ ग्रेसलिस्टमा परेका ७४ हजार ७ सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार ४ सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए ।
निवेदन दिएकामध्ये स्नातक तहतर्फ ८ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ ४ हजार १ सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ १ सय १२ विद्यार्थी दीक्षित भएका हुन् ।
विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा.डा. शिवलाल भुसालले २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने व्यवस्था गरिएको जानकारी दिए ।
अघिल्लो वर्ष १० हजार ३ सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए ।
प्रतिक्रिया