इमरान खानले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर जेलबाट भाषण दिएका छन्

इमरान खानले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर जेलबाट भाषण दिएका छन्

काठमाडौं - पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खानले डिसेम्बर १७ शनिबार आर्टिफिसियल इन्टेलिजेन्सको मद्धत लिएर जनतालाई सम्बोधन गरेका छन् ।

इमरान खान जेलमा छन् भने उनको पार्टीलाई फेब्रुअरीमा हुने चुनाव अघि देशमा व्यक्तिगत र्‍यालीहरू गर्न अनुमति छैन। खानले  आर्टिफिसियल इन्टेलिजेन्सको थोरै सहयोगमा आफ्ना समर्थकहरूसँग  विचार अभिव्यक्त गरिरहेका छन् ।

आइतवार खानको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीले पाँच घण्टाको "भर्चुअल पावर शो" स्ट्रिम गर्‍यो, एक अनलाइन र्‍याली जसको अन्त्यमा जेलमा परेका खानले लेखेको चार मिनेटको भाषण र एआईले पठाएको थियो। 

एआई-सहयोगमा सम्बोधन गर्दै खानले भनेका थिए 

`मेरा साथी पाकिस्तानीहरू, म पहिले यो ऐतिहासिक प्रयासको लागि सोशल मिडिया टोलीको प्रशंसा गर्न चाहन्छु । ´

पाकिस्तानका सरकारी अधिकारीहरुले उक्त कार्यक्रमलाई कमजोर पार्न ईन्टरनेट सुस्त बनाउने देखि सामाजिक संजाल सँकुचित गरेका थिए । जसले आगामी फेब्रुअरीमा हुने 

 चुनावको निष्पक्षताको बारेमा चिन्ता थपेको छ।

निर्वाचन आयोगलाई खानका प्रतिद्वन्द्वी पूर्व प्रधानमन्त्री नवाज शरीफलाई पक्षमा पार्न निर्वाचन क्षेत्रको सीमा परिमार्जन गरेको आरोप लागेको छ । यसैबीच, पाकिस्तानको मुख्यधारा मिडियामा खानको नाम वा छविको उल्लेख गर्न प्रतिबन्ध लगाइएको छ । निर्वाचन नजिकिदै गर्दा  खानका हजारौं सहयोगी र समर्थकहरूको घरमा छापा मारिएको छ र गिरफ्तार गरिएको छ।


हाम्रा मानिसहरूको अपहरण गर्ने र  उनीहरूका परिवारलाई उत्पीडनमा राख्ने काम  भइरहेको छ खाने एआइको सहयोगमा दाबी गरेका छन् ।


 

https://youtu.be/EgoWcCxh4mU?si=UBkz_39WaeKnx955