लिङ्देनको नेतृत्व राप्रपा आन्दोलनमा जाने, राणा परिचालन संयोजक

काठमाडौं - राप्रपाले राजसंस्था र हिन्दू राष्ट्र पुनस्थापनाको पक्षमा जनदवाव सिर्जना गर्न वृहत आन्दोलन गर्ने भएको छ । आज सम्पन्न केन्द्रीय कार्यमितिको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलनमा उत्रिने निर्णय लिएको छ ।
तीन दिनसम्म काठमाडौंमा चलेको वैठकले आन्दोलनमा जाने निर्णय गरेको हो । राप्रपाले विभिन्न जनजिविकाका मुद्दाका साथै राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि आन्दोलन गर्ने जानकारी दिएको छ ।
आन्दोलनका लागि पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति र पार्टीका संगठन विभाग प्रमुख महामन्त्री डा. धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको छ ।
प्रतिक्रिया