भारतीय दूतावासको सहयोगमा रामेछापमा योगाश्रम बन्दै

भारतीय दूतावासको सहयोगमा रामेछापमा योगाश्रम बन्दै

रामेछाप - भारतीय दूतावासक्ल सहयोगमा रामेछापमा मालागिरी शान्ति योगाश्रम निर्माण हुने भएको छ । 

रामेछापमा प्रतिनिधिसभा सांसद पूर्णबहादुर तामाङको उपस्थितिमा रामेछाप नगरपालिकाका मेयर लाभश्री न्यौपाने र भारतीय राजदूतावासका द्वितीय सचिव श्री प्रशान्तकुमार सोनाले उक्त योगाश्रको  शिलान्यास गरेका छन् ।

‘भारत–नेपाल विकास सहयोग’ अन्तर्गत भारतको आर्थिक सहयोगमा योगाश्रम निर्माण हुनेछ । 

नेपाल र मालागिरी विकास केन्द्र, रामेछापमा आईसीसीआर नेपाल र मालागिरी विकास केन्द्र, रामेछापले शिलान्यास कार्यक्रममा नेपाल र भारत बीचको गहिरो सांस्कृतिक सम्बन्ध झल्काउने योग प्रदर्शन प्रस्तुत गरेको थियो।

रामेछापमा निर्माण हुने योगाश्रम भारत सरकारको  सामुदायिक विकास परियोजनाहरू मध्ये एक हो । रामेछाप नगरपालिकाको वडा नम्बर ८ ढुकुरसिंहमा उक्त योगाश्रम निर्माणका लागि  तीन करोड बढीको लगानी भारत सरकारले गर्नेछ ।