विद्यालयमा अनुशासन इन्चार्ज नराख्न काठमाडौं महानगरको निर्देशन

विद्यालयमा अनुशासन इन्चार्ज नराख्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिकाले विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न निर्देशन दिएको छ ।

डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय समेत दिने गरेको पाइएको भन्दै महानगरले नराख्न सचेत गराएको हो ।