स्वास्थ्य शिविरमा १३ सय बिरामीको निःशुल्क परीक्षण

स्वास्थ्य शिविरमा १३ सय बिरामीको निःशुल्क परीक्षण

दाङ– सांसद सुनिलकुमार शर्माले दाङको शान्तिनगर गाउँपालिकामा सञ्चालन गरेको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउनेको घुइँचो लागेको छ ।

बिहीबार दाङको शान्तिनगर गाउँपालिकाको कार्यालय चिराघाटमा काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजित स्वास्थ्य शिविरमा १३ सय १९ जनाको स्वास्थ्य जाँच गरिएको छ ।