बाबुराम - प्रचण्ड एकताको तगारो `कम्युनिस्ट शब्द´ कि `इगो´ ?

बाबुराम - प्रचण्ड एकताको तगारो `कम्युनिस्ट शब्द´ कि `इगो´ ?

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराई माओवादी केन्द्र सङ एकता गर्न तयार भएपनि कम्युनिस्ट शब्दका कारण पछाडि हटिरहेका छन् ।

बाबुरामले हालसालै मात्र अन्तर्वार्तामा अब विश्वमा कम्युनिस्ट व्यवस्था आउन नसक्ने दाबी गरेका थिए । 

संविधान बनेपछि माओवादी छोड्दा बाबुरामले कम्युनिस्ट विचार बाट देश अगाडि नबढ्ने धारणा सहित बैकल्पिक राजनैतिक शक्तिको रूपमा नयाँ शक्ति स्थापना गरेका थिए । 

नयाँ शक्ति निर्माण अभियान सफल नभएपछि भट्टराई माओवादी सङ एकता गरेर जान लचिलो भएका छन् यद्यपि आफैंले छोडेर गएको पार्टी सङ एकता गर्ने कुरा र कम्युनिस्ट विचार बाट देश अगाडि नबढ्ने दाबी दुई कुराले माओवादी सङ मिल्न सहज छैन ।

दुई पार्टी वीच एकता गर्ने कुरा बदलिँदो परिवेशमा आधारित हुनुपर्ने भट्टराईको बुझाइ छ । नयाँ विचार र संरचनात्मक रुपान्तरण सहित भएको एकताले मात्रै अर्थपूर्ण राजनैतिक परिणाम दिने धारणा भट्टराईले अगाडि सारेका छन् ।

गएको निर्वाचनमा नेसपाले माओवादीको चुनाव चिन्ह प्रयोग गरेको थियो । प्रतिनिधिसभामा महेन्द्रराय यादव र प्रदेशमा गंगा नारायण श्रेष्ठ लगाएतका सांसद माओवादीको संसदीय दल अन्तर्गत छन्  सोही कारण पनि भट्टराईलाई पार्टी भित्र बाट तत्काल एकता गर्न दबाब सिर्जना भएको छ। 

 

कम्युनिस्ट नाम हट्दैन - प्रचण्ड 

बिहीबार विराटनगर पुगेर माओवादी अध्यक्ष प्रचण्डले पार्टीको नामबाट कम्युनिस्ट नहटाउने अभिव्यक्ति दिएका छन् । ‘कम्युनिस्ट पार्टी परिवर्तन गर्ने बारे भ्रममा नपर्नु होला । मैले कहिले पनि त्यस्तो भनेको छैन’, उनले भनेका छन्, ‘पहिले नेकपा माओवादी थियो, पछि नेकपा माओवादी केन्द्र भयो । माओवादी केन्द्रको ठाउँमा नेकपा समाजवादी केन्द्र पनि हुनसक्छ ।’

नामको बारेमा नयाँ ढंगले सोच्नुपर्छ भनेर पार्टीभित्र छलफल चले पनि नेपाल कम्युनिस्ट पार्टी परिवर्तन हुन्छ भन्ने भ्रम नपाल्न प्रचण्डले नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्व र नेसपाले सहअध्यक्ष गंगानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाएर एकताका विषयमा गृहकार्य गरिरहेका छन् । तर दुई वार्ता समितिबीच पटकपटक छलफल भएपनि अहिलेसम्म एकता प्रक्रिया बारे निर्णय हुन सकेको छैन ।

 

बाबुराम-प्रचण्ड सम्बन्ध 

बाबुराम भट्टराई र पुष्पकमल दाहाल दुबैले बि.स २०२६ सालमा एसएलसी दिएका थिए । बाबुराम भट्टराई एसएलसीमा  बोर्ड फर्स्ट भएका थिए । भट्टराईले बौद्धिक नेताको छवि बनाउदै आफ्नो राजनीति अगाडि बढाए भने प्रचण्डले आफ्नो साहसिक छवि निर्माण गर्दै राजनीति अगाडि बढाए ।

बाबुराम प्रचण्डको व्यवस्थापकिय क्षमतालाई मान्छन् भने प्रचण्ड बाबुरामको बौद्धिकता । माओवादी पार्टी यिनै दुई नेताको बुद्धि र साहसको मिलनका कारण देशको सबैभन्दा ठुलो र क्रान्तिकारी पार्टी बन्न सफल भएको थियो । 

शान्ति प्रक्रियामा आएपछि प्रचण्ड भन्दा बाबुराम लोकपि्रय बन्दै गए । प्रचण्डलाई बाबुरामको भय रहिरह्यो । रास्ट्रीय अन्तराष्ट्रिय शक्तिहरु सङको सहज पहुँच राख्ने भट्टराई सङ प्रचण्ड सदैव सशंकित हुने गरेका छन् । माओवादीको  हेटौंडा महाधिवेशन सम्म पुग्दा बाबुरामले प्रचण्डलाई नेताको पनि नेता भनेका थिए ।

संविधान निर्माण भएपछि पार्टी रूपान्तरको एजेन्डा लिएर बाबुराम प्रचण्ड कहाँ पुगेका थिए तर तत्काल प्रचण्ड पार्टी रुपान्तरणका लागि तयार नभएपछि बाबुरामले माओवादी छोडेर नयाँ शक्ति स्थापना गरे । 

नयाँ शक्ति प्रति ठुलो जन लहर सिर्जना भएको थियो । तत्कालीन समयमा प्रचण्ड प्रधानमन्त्री थिए , बाबुरामले स्थापना गरेको नयाँ शक्तिलाई शुभकामना समेत दिन प्रचण्ड दशरथ रंगशाला आएनन् । एमाले अध्यक्ष ओली र काङ्ग्रेस सभापति देउवा भने उपस्थित भएर शुभकामना दिएका थिए । 

नयाँ शक्तिले २०७४ स्थानीय तहमा भाग लिन आँखा चिन्ह रोक्न प्रचण्डले प्रधानमन्त्री रूपमा भरपुर शक्ति प्रयोग गरेको कुरा बाबुरामको ठम्याइ रह्यो । चुनाव चिन्ह मागेर प्रदर्शन गर्दा पुर्व प्रधानमन्त्री भैसकेका बाबुरामलाई समेत  पक्राउ परेका थिए ।

रिहा हुदै भट्टराईले भनेका थिए ` मेरा सहपाठी प्रधानमन्त्री भएका बेला निर्वाचनमा भाग लिन चुनाव चिन्ह माग्दा पक्राउ गरिनु इतिहासकै सबैभन्दा दु:खद कुरा हो, अझै लोकतन्त्र आएको रहेनछ ´ ।

त्यसपछि २०७४ को आम निर्वाचनमा एमाले र माओवादी साथै नयाँ शक्ति समेत  गठबन्धन बनाएर चुनाव लड्ने कुरामा प्रचण्डले बाबुरामलाई अस्वीकार गरेका कारण काङ्ग्रेस सङ मिलेर चुनाव लड्न बाबुराम बाध्य भए । 

प्रचण्डका लागि गोरखामा  मत माग्दै बाबुराम  ।

२०७९ को आम निर्वाचनमा बाबुराम ` बैगुनी लाई गुणले मार्नु ´ भन्ने उखान जस्तै आफ्नै निर्वाचन क्षेत्र छोडेर प्रचण्डलाई गोरखा बाट निर्वाचन जिताउन लागिपरेका थिए ।