उप-प्रधानमन्त्री खड्काले उद्वघाटन गरेको मुटु सम्बन्धि शिविरमा एक हजार बढीको चेकजाँच

सुर्खेत - शनिवार मेहेलकुना अस्पतालमा संचालन भएको एक दिने मुटु सम्बन्धी शिविरमा एक हजार ५३ जनाको चेकजाँच भएको छ ।
विहान ८ बजेदेखि साँझ ५ बजेसम्म ब्याक टु लाइफ ए.भि संस्थाको आयोजना मुटु सम्बन्धि शिविर चलेको थियो ।
उक्त संस्थाले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँ, गुर्भाकोट नगरपालिका, मेहलकुना अस्पताल सुर्खेत सङ साझेदारी गरेको थियो ।
गुर्भाकोटस्थित मेहलकुना अस्पतालमा डा.चन्द्रमणी सहित अन्य ७ जना चिकित्सकद्वारा विशेषज्ञ सेवा सहितको मुटु सम्बन्धी शिविर सप्पन्न भएको हो ।
शिविर नेपाल सरकारका उप-प्रधानमन्त्रि एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए ।
प्रतिक्रिया