भारतको गणतन्त्र दिवसमा प्रमुख अतिथिको रूपमा फ्रान्सेली रास्ट्रपतिलाई निम्ता
नयाँ दिल्ली - भारतले नयाँ दिल्लीमा जनवरी २६ मा हुने गणतन्त्र दिवस समारोहमा भाग लिन फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई निम्तो दिएको छ।
यदि स्वीकृत भएमा, म्याक्रोन मुख्य अतिथिको रूपमा यस अवसरलाई सम्मान गर्ने छैटौं फ्रान्सेली राष्ट्रपति बन्नेछन्।
यसअघि भारतले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई गणतन्त्र दिवसको प्रमुख अतिथिका रूपमा निम्तो दिएको थियो तर उनले जनवरीमा नयाँ दिल्ली जान असक्षमता जनाएका थिए ।
बाइडेन जनवरीको अन्त्यमा वा फेब्रुअरीको सुरुमा स्टेट अफ द युनियन सम्बोधन, आगामी रास्ट्रपति चुनाव र हमास-इजरायल द्वन्द्वमा वाशिंगटनको बढ्दो ध्यानका कारण उपस्थिति हुन नसक्ने भएका हुन् ।
सन् २०२३ को सुरुमा प्रधानमन्त्री मोदीले फ्रान्सेली राष्ट्रपति म्याक्रोनको निमन्त्रणामा बास्टिल डे परेडमा भाग लिन फ्रान्सको भ्रमण गरेका थिए, जहाँ उनी (गार्ड अफ अनर )सम्मानित अतिथि थिए।
भारतको अध्यक्षतामा भएको जी २० शिखर सम्मेलनमा भाग लिन फ्रान्सेली राष्ट्रपति म्याक्रोन पनि यसै वर्ष सेप्टेम्बरमा भारत गएका थिए ।
राष्ट्रपति म्याक्रोन र प्रधानमन्त्री मोदीले सेप्टेम्बर १० मा दिल्लीमा G20 शिखर सम्मेलनको छेउमा द्विपक्षीय बैठक भएको थियो ।
प्रतिक्रिया