फोनको भरमा पुटिनले देशमा कुखुरा र अण्डाको मूल्य घटाए
मस्को - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अण्डा र कुखुरालाई देशमा आयात हुने सबै करमा छुट दिने निर्णय गरेका छन् । पुटिनसँग फोन गर्नेको गुनासोपछि उक्त निर्णय लिएका हुन् ।
प्रत्येक वर्षको अन्त्यमा, रसियाका राष्ट्रपतिले फोन कल मार्फत देशका जनतासँग कुरा गर्ने गरेका छन् । रसियन नागरिकले सिधै फोन गरेर आफ्ना समस्या सुनाउन सक्छन् ।
यसक्रममा एक कलरले पुटिनसँग कुखुरा र अण्डामा चर्को आयात शुल्क लागेकाले बढी पैसा तिर्नुपर्ने भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
रुसमा आगामी तीन महिनामा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।आगामी चुनावमा पुटिन रास्ट्रपतिको उम्मेदवार बन्ने घोषणा यसअघि नै गरिसकेका छन् ।
प्रतिक्रिया