भ्यान्वीद्वारा ग्लोबल कलेजमा साइबर सुरक्षा सम्बन्धि गेस्ट लेक्चर
काठमाडौं - ग्लोबल कलेज इन्टरनेशनलमा एमबिएमा अध्ययनरत विद्यार्थीलाई साइबर सुरक्षा सम्बन्धि चर्चित रोबर्ट भ्यान्वीले दुई घण्टा लामो गेस्ट लेक्चर दिएका छन् ।
मानवीय परियोजनाहरूको लागि सफ्टवेयर एपहरूको विकासमा नेतृत्व गरिरहेका रोबर्ट भ्यान्वीले एमबिएका विद्यार्थीहरुलाई संस्थाले आफ्नो डाटालाई सुरक्षित गर्ने उपायहरूका बारेमा जानकारी दिएका थिए ।
उनले डार्क वेबका बारेमा पनि विद्यार्थीलाई बताएका थिए ।उनले डार्क वेब कुनैपनि निश्चित गतिविधि नभएको र कहाँ बाट संचालित छ भन्ने थाहा नहुने साइट रहेको जानकारी दिए ।
नेपालमा नैतिक ह्याकिङ शिक्षाले बहुमुखी प्रतिभामा धनी मार्ग प्रस्तुत गर्ने भएका कारण ग्लोबल कलेजले विद्यार्थीहरुलाई सुसूचित गर्न भ्यान्वीलाई निमन्त्रणा गरेको थियो ।
गेस्ट लेक्चरले साइबर सुरक्षाभन्दा बाहिरका विभिन्न क्यारियर मार्गहरूमा अनुकूलन गर्न सक्ने फराकिलो सीप स्पेक्ट्रम प्रदान गरेको एमबीए विद्यार्थी अभय आचार्यले बताए ।
`एमबीए पास भएपछि भोलिका दिनमा आफुले काम गर्ने वा नेतृत्व गर्ने संस्थाहरुलाई कसरी साइबर सुरक्षा गर्न सकिन्छ र आउने साइबर सम्बन्धि समस्यालाई हल गर्ने भन्ने विषयमा छर्लङ्ग भए । ´ समिक्षा श्रेष्ठले कक्षा सकिएपछि आफ्नो धारणा व्यक्त गरिन ।
नैतिक ह्याकिङको सामाजिक महत्वलाई सञ्चार गर्नु अपरिहार्य रहेको रोबर्ट भ्यान्वीले बताएका थिए ।
ग्लोबल कलेजका एमबीए कोर्डिनेटर अभिनास श्रेष्ठले आगामी दिनमा २१औ शाब्दिकमा जल्दाबल्दा मुद्दाका बारेमा आफ्ना विद्यार्थीलाई सुसूचित पार्न थुप्रै बिज्ञलाई गेस्ट लेक्चरको रूपमा आमन्त्रण गर्ने बताए ।
प्रतिक्रिया