उपरथी श्रेष्ठको “राष्ट्रिय एकताको प्रतिक वीर नेपाली सेना”ले जित्यो पुरस्कार

नयाँ दिल्ली - सुजन म्युजिक प्रा.लि.को आयोजनामा “ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” भारतको नयाँ दिल्लीमा भब्य रुपमा सम्पन्न भएको छ ।
सर्बाेत्कृष्ट राष्ट्रिय भाबको गीतमा नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले अवार्ड प्राप्त गरेका छन् ।
उपरथी श्रेष्ठको म “राष्ट्रिय एकताको प्रतिक वीर नेपाली सेना” गीतलाई सर्बोत्कृष्ट राष्ट्रिय भावको गीतको पुरस्कार मिलेको छ ।
कार्यक्रमस्थलमा उपरथी श्रेष्ठका तर्फबाट भारतको लागि नेपाली सेनाको तर्फबाट सैनिक सहचारी सहायक रथी श्री आर.सी. खत्रीले पुरस्कार ग्रहण गरेका थिए ।
अवार्ड प्राप्त भएपछि उपरथी श्रेष्ठले हर्षबिभोर भएको बताएका छन् ।
https://youtu.be/gNK1EUu9ZY4
प्रतिक्रिया