राम मन्दिर नबनेसम्म विवाह नगर्ने प्रण गरेका बाबा भोजपाली

राम मन्दिर नबनेसम्म विवाह नगर्ने प्रण गरेका बाबा भोजपाली

भारत - अयोध्यामा राम मन्दिरको उद्घाटन हुने खबरले भारतबासीमा खुसियाली छाएको छ ।

राम मन्दिरलाई लिएर बाबा भोजपालीको खुशीको सीमा रहेन । उनले वर्षौंअघि मन्दिरको लागि वाचा गरेका थिए र अब राम मन्दिर उद्घाटन हुने दिन आएको छ । बाबा भोजपालीले राम मन्दिरको उद्घाटन पनि सहभागी हुनेछन् । कार्यक्रममा बाबालाई निम्तो पठाइएको छ।

बाबा भोजपाली उर्फ ​​रवीन्द्र गुप्तले २१ वर्षको उमेरमा अयोध्यामा राम मन्दिर नबन्दासम्म विवाह नगर्ने वाचा लिएका थिए । अहिले बाबा ५२ वर्षका भइसकेका छन् र बिहे गरेका छैनन् ।

मन्दिरको उद्घाटन समारोहलाई प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र आरएसएस संघ प्रमुख मोहन भागवतले सम्बोधन गर्नेछन्।

अयोध्यामा भगवान रामको मूर्तिको अभिषेक समारोह २२ जनवरी, २०२४ को दिन १२:२० बजे तय गरिएको छ। राम मन्दिर

उद्वघाटन कार्यक्रममा १५ सय "प्रतिष्ठित" अतिथिहरू सहित लगभग ८ हजार  आमन्त्रितहरूको साक्षी रहने छ।