`ग्लोबल एनुवल फिस्ता २०२४´ आयोजना गर्दै ग्लोबल कलेज इन्टरनेशनल

`ग्लोबल एनुवल फिस्ता २०२४´ आयोजना गर्दै ग्लोबल कलेज इन्टरनेशनल

काठमाडौं - मध्य बानेश्वर स्थित ग्लोबल कलेज इन्टरनेशनलका आलि सान  भवनहरूले मात्र कलेजको गरिमा बढेको होईन , यसको प्राज्ञिक र शैक्षिक गुणस्तरीयताका कारण नेपालको शैक्षिक जगतको अग्रणी संस्थाको रूपमा स्थापित छ ।

  कलेजले गुणस्तरीय शिक्षाका साथै विभिन्न तहका विद्यार्थीहरुलाई अन्वेषण र प्रयोगात्मक विविध गतिविधिहरुमा संलग्न गराउँदै आएको छ ।

भर्खरै मात्र विश्वका विभिन्न प्रबुद्ध मानिसहरुको सहभागितामा पाँचौ ग्लोबल इन्टरनेशनल कन्फरेन्स २०२३  सम्पन्न गरेको कलेजले फेरि अर्को मेगा कार्यक्रमको आयोजना गरेको छ ।

२४ जनवरी २०२४ देखि २ फेबु्रअरी २०२४ सम्म हुन गइरहेको ग्लोबल एनुवल फिस्ता २०२४ मा सहभागि हुने विद्यार्थीहरु को ज्ञान सीपमा स्तर बृद्धि हुनेछ । 

उत्त फिस्तामा सहभागि हुन ईच्छुक विद्यार्थीहरुले डिसेम्बर २८, २०२३ देखि १५ जनवरी २०२४ भित्रमा आफु सहभागि हुन चाहेको इभेन्टका लागि नाम दर्ता गरिसक्नु पर्ने डाइरेक्टर अक्षय अरोराले जानकारी गराउनु भएको छ । 

एमबीए कोअर्डिनेटर अविनाश श्रेष्ठका अनुसार यस प्रकारका कार्यक्रम आयोजना गर्नेमा ग्लोबल इन्टरनेशनल कलेज अग्र सुचीमा रहेको जानकारी गराउनु भयो । 

ग्लोबल इन्टरनेशनल कलेजका शैक्षिक गतिविधिहरु विद्यार्थीहरुले औधी रुचाएको हुँदा कलेजमा भर्ना हुने चापमा समेत गिरावट नदेखिएको सिधार्थी एमबीए स्टुडेन्ड अभय आचार्यको बुझाई छ ।