एमबिए कोर्डिनेटर अविनाश श्रेष्ठ सम्मानित

एमबिए कोर्डिनेटर अविनाश श्रेष्ठ सम्मानित

काठमाडौं - सर्व धर्म सम भाव, वसुधैव कुटुम्बकमा विश्वास  राख्ने अन्तराष्ट्रिय समरसता मँचको आयोजनामा जी २२ समरसता साँस्कृतिक समन्वय सम्मेलन आज काठमाडौ स्थित रसियन कल्चरल सेन्टरमा उदघाटन भएको छ ।

सम्मेलन ३१ डिसेम्वर २०२३ सम्म हुनेछ । उद्वघटन समारोहमा मँचले समाजका विभिन्न विधामा योगदान पुरयाउने ब्याक्तित्वहरुलाई  सम्मानित गरेको छ ।

ग्लोबल कलेज ईन्टरनेशनलका एमबिए कोर्डिनेटर अविनाश श्रेष्ठलाई मँचले शैक्षिक क्षेत्रमा योगदान गर्नुका साथै विश्व शान्ति स्थापना, विश्व बन्धुत्वका लागि सहयोग गरेकोमा आर्दश प्रतिभाको हैसियतमा जी २२ समरसता  अवार्डबाट सम्मानित गरेको छ  । 

श्रेष्ठ लामो समययता शैक्षिक तथा समाजसेवामा लागि परेका युवा हुन् ।  उनलाई शैक्षिक जगतमा राम्रो  एकाडेमिक व्यक्तित्वको रूपमा हेरिने गर्छ ।