ग्लोबल कलेजमा एमबीए प्रथम सेमेटर विद्यार्थीले पाए प्राध्यापक एस्टनको गेस्ट लेक्चर
काठमाडौं - प्राध्यापक एन सुवेरी एस्टनले ग्लोबल कलेज इन्टरनेसनल एमबीए प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई गेस्ट लेक्चर दिएकी छिन् ।
अष्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयबाट पीएचडी गरेकी एस्टनले एमबीए विद्यार्थीहरूको लागि `मानिसहरूलाई व्यवस्थित र संयोजन ´ गर्ने विषयमा गेस्ट लेक्चर दिएकी हुन् ।
उनी हाल बैंकक थाइल्याण्डको नेशनल इन्स्टिच्युट अफ डेभलपमेन्ट एडमिनिस्ट्रेशन (एनआईडीए) ग्राजुएसन स्कूल अफ टुरिजम म्यानेजमेन्टमा कार्यरत छिन्।
नेपाललाई साहसिक र योग पर्यटनको प्रमुख गन्तव्यको रूपमा बिकास गर्ने सम्भावनाका बारेमा उनले विद्यार्थीलाई बताएकी थिइन् । एमबीए विद्यार्थीले कसरी वैकल्पिक ब्यवस्थापन बिधि बिकास गर्नुपर्छ र मानिसलाई संयोजन गर्न आफ्नो ज्ञान सीप मजबुत पार्नुपर्छ भन्ने विविध विषयमा चर्चा गरिएको थियो ।
प्रतिक्रिया