४ युवाको संयुक्त लगानीमा दरबारमार्गमा खुल्यो रिगल फ्लेभर्स रेस्टुरेन्ट
काठमाडौँ- चार जना युवाको लगानीमा काठमाडौँको दरबारमार्गमा रिगल फ्लेभर्स रेस्टुरेन्ट एन्ड बार सञ्चालनमा आएको छ ।
जीवन विज्ञानका अध्यक्ष एलपी भानु शर्माले आइतबार रेस्टुरेन्ट उद्घाटन गरेका हुन् ।
क्याजुअल डाइनिङ प्रतिष्ठानले अन्नपूर्ण आर्केडको पहिलो तल्लामा विगत ६ महिनाअघि रेस्टुरेन्ट सञ्चालनमा ल्याए पनि यसको औपचारिक उद्घाटन आइतबार गरिएको हो।
स्वदेशमा लगानी गर्दै रोजगारीको सिर्जना र आर्थिक उन्नतिका लागि रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालक मध्येका एक आकाश अधिकारीले जानकारी दिए।
रेस्टुरेन्टमा पाइने स्वादिष्ट खानेकुरा र सत्कारका कारण एकपटक आएका ग्राहक फेरिपनी आउने गरेको म्यानेजिङ डाइरेक्टर रेवन्तकुमार क्षेत्रीले जानकारी दिए। उनले अझै गुणस्तरीयता कायम गर्दै ग्राहकको भावना अनुरुप रेस्टुरेन्ट चल्ने प्रतिबद्धता गरेका छन् ।
उद्वघाटन कार्यक्रममा होटल व्यवसायी, मिडिया र रेस्टुरेन्ट टोलीको उपस्थिति थियो ।
प्रतिक्रिया