२ सहायक रथी उपरथीमा बढुवा

२ सहायक रथी उपरथीमा बढुवा

काठमाडौं -नेपाली सेनाका दुई सहायक रथीलाई उपरथीमा बढुवा गरिएको छ। 

बढुवा समितिको सिफारिसअनुसार सहायक रथी चोकबहादुर ढकाल र पवन घिमिरे उपरथीमा बढुवा भएका हुन्। 

दुईजना उपरथीको रथीमा पदोन्नति भएपछि रिक्त पदमा उनीहरूलाई बढुवा गर्ने निर्णय शुक्रबारको मन्त्रिपरिषद्ले गरेको हो।