मोदीले कसरी नीतिनिर्माण गर्छन् ?
भारतका प्रधानमन्त्री विश्वको सबैभन्दा लोकप्रिय नेतामा पर्छन् । सन् २०१४ देखी लगातार १० वर्ष सम्म भारतको प्रधानमन्त्रीमा आसिन मोदी २०२४ को लोकसभा निर्वाचनमा समेत तेस्रो कार्यकालका लागि अगाडि बढ्ने निश्चित छ ।
विश्वको सबैभन्दा ठूलो प्रजातन्त्रको अगुवाइ गरिरहेका नरेन्द्र मोदीले कसरी नीतिनिर्माण गर्छन् होला भन्ने कौतहुलता सबैमा छ ।
मोदीले नीतिनिर्माणमा मौलिक तरिका लिएका छन् । सर्वप्रथम ऊनी सबै अर्थशास्त्री र विज्ञहरूलाई सुन्ने गर्छन् ।
विज्ञहरुको सल्लाहलाई ‘जमिनसँगको नाता’ सङ संयोजन गर्छन् । त्यसमा आफ्नो र ‘भोगेको यथार्थ’ मिसाएर अन्तिम निर्णय लिन्छन् । उनले निर्णय लिने बेलामा सबैभन्दा माथि देशलाई राख्छन् ।
नरेन्द्र मोदीले कुनै पनि काम राम्रो लागोस् भनेर नगर्ने बरु त्यसले राम्रो गर्छ भन्ने भएपछि मात्र गर्ने अभ्यास गरिरहेका छन् ।
प्रतिक्रिया