भेडेटार महोत्सव सम्पन्न

भेडेटार महोत्सव सम्पन्न

धनकुटा– धनकुटामा ११औँ भेडेटार खानपान महोत्सव आज सम्पन्न भएको छ । होटल व्यवशायी सङ्घ भेडेटारको आयोजनामा धनकुटाको साँगुरीगढी गाउँपालिकाको केन्द्र भेडेटारमा यही पुस १५ देखि उक्त महोत्सव सुरु भएको थियो ।

तीन दिनसम्म सञ्चालन भएको उक्त महोत्सवमा रु एक करोडभन्दा बढीको व्यापार भएको आयोजक संस्थाका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए ।

महोत्सवको एक लाखभन्दा बढी आन्तरिक तथा भारतीय पर्यटकले अवलोकन गरेको उनले बताए । महोत्सवमा विभिन्न जातिका परिकारसहित स्थानीय उत्पादनका १८ कक्ष राखिएका थिए ।

धनकुटा र सुनसरीको सिमाना चुरे क्षेत्रमा अवस्थित बाह्रैमास चिसो मौसम रहने भेडेटारमा पर्यटक गर्मी छल्न आउने गरेका छन् ।