शिविर तथा रक्तदान कार्यक्रम संचालन

शिविर तथा रक्तदान कार्यक्रम संचालन

धरान - भारतिय राजदुतावास, पेन्शन वितरण कार्यालय धरानले  पिपिओ धरानमा स्वास्थ शिविर संचालन गरेको छ । शिविरमा रक्तदान सङै महिलाहरुको पाठेघर र स्तन क्यानसरको निशुल्क परिक्षण गरिएको छ ।

एकदिने शिविरमा ३०४ पिन्ट रगत संकलन गरिएको छ । १९२ महिलाहरुको विषेशज्ञ्यद्वारा निशुल्क परिक्षण समेत गरिएको छ ।

शिविरमा  पुर्वाञ्चल क्षेत्रका भुत पुर्व सैनिक र तिनका परिवारलाई लक्ष्यित गरि शिविर संचालन भएको  थियो । उक्त शिविरमा स्थानीय सैनिक परिवार बाहेकले पनि निशुल्क परिक्षण गराएका थिए ।