विधार्थीको सर्वाङगीण विकासका लागि ग्लोबल कलेज एनुवल फेस्टा
२४ जनवरी २०२४ देखि २ फेव्ररी २०२४ सम्म हुनेछ एनुवल फेस्टा
काठमाडौं - ग्लोबल कलेज ईन्टरनेशनल शैक्षिक ब्राण्डको धरोहर बनेको छ । कलेजको शैक्षिक क्यालेण्डर विधार्थीका लागि आकर्षक छ । यसले विधार्थीको चौतर्फि विकासमा ठुलो योगदान पुरयाएको छ । कलेजले आयोजना गर्ने कार्यक्रमहरु खेलकुद र गै्रह खेलकुद प्रकृतिका हुन्छन, जुन विधार्थीको सर्वाङगीण विकासमा केन्द्रित हुन्छन । कलेजले मिनी तथा मेगा कार्यक्रमको आयोजना गरिरहको हुन्छ ।
यसैको निरन्तरतामा २४ जनवरी २०२४ देखि २ फेव्ररी २०२४ सम्म हुन गईरहेको ग्लोबल एनुवल फेस्टा २०२४ आयोजना गरिएको कार्यक्रम संयोजक राम प्रसाद न्यापानेले वताउनु भएको छ । संयोजक न्यौपानेका अनुसार ग्लोबल एनुवल फेस्टा २०२४ यस्तो मंच हो, जसमा विधार्थीहरुले भोलेन्टीयर देखि अम्पायरसम्मको भुमिका पाउदछन । जसले विधार्थीको अग्रपंतिको नेतृत्व विकास गराउँदछ । ग्लोबल कलेज ईन्टरनेशनलको प्रोडक्ट अन्र्तराष्ट्रिय वजारमा सहजै प्रवेश पाउनका सक्छ ।
एमबिए प्रोग्राम संयोजक अविनास श्रेष्ठका अनुसार ग्लोबल ईन्टरनेशनल कलेज विधार्थीको सर्वाङगीण विकासमा केन्द्रित रहेर देशभित्र मात्र सिमित नभएर बैदेसिक शैक्षिक भ्रमण गराउनुका साथै विश्वका प्रतिष्ठित विश्वविधालयका प्रोफेसरद्धारा भिजिटीङ लेक्चर उपल्वध गराईएको छ । श्रेष्ठका अनुसार हाम्रो प्रोडक्ट मल्टिनेशनल कम्पनीका लागि सक्षम छ । यसमा शंका गर्नु पर्दैन ।
प्रतिक्रिया