' काँ पर्यो घर माया ' नृत्यप्रधान लोकगीत लोकार्पण

' काँ पर्यो घर माया ' नृत्यप्रधान लोकगीत लोकार्पण

काठमाडौं - डा. महेन्द्रकुमार मल्लको निर्माण र शब्दरचना रहेको ' काँ पर्यो घर माया ' नृत्यप्रधान लोकगीत लोकार्पण गरिएको छ।

अनामनगर स्थिति कार्निभल रेस्टुरेन्टमा आज शनिबार लोकार्पण भएको हो ।

उक्त गीतमा शिव सङ्गीत र समीक्षा अधिकारीको स्वर र शिव सङ्गीतको सङ्गीत रहेको छ। गीतको मोडलिङ केपिना गोतामे र अनुराग मल्लले गरेका छन्।काजिस श्रेष्ठको निर्देशन रहेको गीतको छायाङ्कन दुर्गा पौडेल र कोरियोग्राफी प्रशान्त मगरले गरेका छन्।नितु सिंह ठकुरीको व्यवस्थापनमा रहेको म्युजिक भिडियोभित्र फर्पिङ्को रमणीय स्थलका दृश्यहरू कैद गरिएका छन्।

https://youtu.be/yCw2rgjdX1U?si=l8SXBGCk6dyTTZcM

पश्चिम नेपालको मौलिक लोकलयमा आधारित गीतलाई दृश्य र श्रव्य दुवै दृष्टिले अब्बल बनाउने र नृत्यप्रेमीहरूलाई छमछमी नचाउने उद्देश्य रहेको यस गीतका स्रष्टा तथा निर्माताले बताए।यस गीतलाई 'महेन्द्रकुमार मल्ल'युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।