प्रा.डा नन्द बहादुर सिंह त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुनुपर्ने ५ आधार

प्रा.डा नन्द बहादुर सिंह त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुनुपर्ने ५ आधार

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि  प्राध्यापक डा.नन्द बहादुर सिंहले सोमबार ३:४५ मिनेटमा  दर्खास्त दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सिंह हुनुपर्ने ५ आधार 

शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा अब्बल 

नन्द बहादुर सिंह सदावहार प्रथम विध्यार्थी हुन् । कक्षा १ देखी स्नातकोत्तर सम्म उनी प्रथम विद्यार्थी रहे । एमएसीमा सिंह त्रिभुवन विश्वविद्यालयका गोल्ड मेडालिस्ट हुन् । विश्वको सबैभन्दा उत्कृष्ट टोकियो विश्वविद्यालय बाट पिएचडी गरेका सिंह सङ मध्यपश्चिम विश्वविद्यालयको नेतृत्व गरेको अनुभव छ । सिंह चीन,जापना, सिङ्गापुर,मलेसिया,बेलायत,भारत लगाएत थुप्रै देशमा भिजिटिङ प्रोफेसरको रूपमा अनुभव प्राप्त पात्र हुन् ।

सुशासन र सदाचारयुक्त छवि 

सिंहलाई शैक्षिक जगतमा अब्बल र सदाचारयुक्त प्राध्यापकको रूपमा चिनिन्छ । सुशासनको पक्षमा दरो रूपमा उभिने सिंह आजसम्म कुनै दबाब र प्रलोभनमा परेनन् । संस्थालाई विधि र पद्धतिमा चलाउन सिंह कसैसँग झुकेका छैनन् ।

मप विश्वविद्यालयको गुणात्मक परिवर्तन 

कर्णाली प्रदेशको राजधानीमा रहेको मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति समेत भैसकेका सिंहले उल्लेखनीय योगदानको गरेका छन् । दक्षिण एसियामा उक्त विश्वविद्यालयलाई डिजिटल विश्वविद्यालयको रूपमा स्थापित गर्न सफल भए ।  विश्वविद्यालयको भौतिक पुर्वाधार देखी शैक्षिक गुणस्तरीयता कायम गर्ने कदम सिंहको पालामा भयो । विश्वविद्यालयमा रहेको बेरुजु न्यूनीकरण देखि कृषी संकाय स्थापना गर्ने काम उनले गरिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालय सुधारको ठोस योजना 

त्रिभुवन विश्वविद्यालय देशको सान हो । सबभन्दा पुरानो र ठुलो विश्वविद्यालयलाई संरचनात्कम रुपान्तरणको स्पष्ट योजना सिंहले अगाडि सारेका छन् । विश्वको उत्कृष्ट विश्वविद्यालयको रूपमा स्थपित गर्न उनले भिजन पेश गरेका छन् । राजनैतिक हस्तक्षेप बाट मुक्त गर्दै समृद्ध नेपाल निर्माणका लागि प्रयाप्त दक्ष जनशक्ति उत्पादन गर्न विज्ञान,प्रविधि र अन्वेषणमा आधारित विश्वविद्यालय बनाउने सिंहको योजना छ ।

भर पर्दो दाबी 

प्राध्यापक सिंहले आफ्नो शैक्षिक र प्राज्ञिक इतिहास मुल्यांकन हुनुपर्ने दाबी गरेका छन् । आफ्नो इमानदारीता,उत्कृष्टता र अनुभवलाई वास्तविक पहिचान गर्ने हो भने त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागी सबैभन्दा योग्यता पुगेको दाबी गरेका छन् । थुप्रै मान्छे सङ भिजन छ तर पूरा गर्नका लागि लगाव छैन, थुप्रै सङ लगाव छ तर भिजन छैन , आफू सङ दुबै गुण रहेको उनको दाबी छ ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाले दर्खास्त दिएका छन् ।  कालिकोटमा जन्मिएका सिंह त्रिभुवन विश्वविद्यालयको भावी उपकुलपति बन्ने सबैभन्दा योग्य पात्र हुन् यद्यपि उनको कसरी मुल्यांकन हुन्छ हेर्न बाकी छ ।