एन्फा केन्द्रीय सदस्य चन्दको माग: कर्णाली प्रदेश फुटबल संघको अविलम्ब निर्वाचन

काठमाडौं - अखिल नेपाल फुटबल संघ ( एन्फा ) केन्द्रीय सदस्य रबिन्द्र चन्दले कर्णाली प्रदेश फुटबल संघको तत्काल निर्वाचन गर्न माग गरेका छन् ।
उनलेे लेखेका छन् ` सात प्रदेश मध्य कर्णालीमा मात्र फुटबल संघको निर्वाचन नगर्ने र नगराउने अवस्था बन्यो ? अवैधानिक तदर्थ समिति कतिन्जेल राख्ने? ´
एन्फा केन्द्रीय सदस्यमा निर्वाचित भएदेखि नै प्रदेश फुटबल संघको चुनाव गराउन चन्दले प्रयत्न गरिरहेका थिए ।
पछिल्लो ५-६ महिना देखि एन्फा केन्द्रीय अध्यक्ष,महासचिव र कर्णालीको तदर्थ समितिलाई घचघच्याउने काम गरेको बताएका छन् । जिल्ला स्तरमा इमानदारीपूर्वक फुटबलमा मेहनत गरिरहेकाको संबेदनसिलता कसैले नबुझेको भन्दै चन्दले आलोचना गरेका छन् ।
उनलेे फुटबलमा लागेकालाई निरुत्साहित नबनाउन चेतावनी समेत दिएका छन् ।
प्रतिक्रिया