ग्यास गिजरका कारण निसास्सिएर युवकको मृत्यु

हेटौँडा - हेटौँडा–९, लामसुरेमा बाथरुममा प्रयोग गरिएको ग्यास गिजरका कारण निसास्सिएर सोमबार दिउँसो एक युवकको मृत्यु भएको छ । शौचालयमा शौच गर्न जानुभएका २५ वर्षीय युनेश काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाथरुम छिरेका युनेश निकैबेरसम्म बाहिर ननिस्केपछि परिवारका सदस्यले बाहिरबाट बोलाउनु भएको थिए । बोलाउँदासमेत नबोलेपछि ढोका फोडी बेहोस अवस्थामा काफ्लेको उद्धर गरिएको थियो । उहाँलाई तत्काल उपचारका लागि मकवानपुर सहकारी अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार शौचालय–बाथरुममा रहेको ग्यास गिजर खुल्लै भएकाले युनेश बेहोस भएको आफन्तले बताएका थिए । यता हेटौँडा–९ का वडा अध्यक्ष सुकराम केसीले बाथरुममा अक्सिजनको कमी भएर काफ्लेको मृत्यु भएको हुनसक्ने चिकित्सकले बताएको जानकारी दिनुभयो ।
प्रतिक्रिया