भारत सरकारको सहयोगमा धादिङमा महेशफाट सिँचाइ आयोजना निर्माण
काठमाडौं - ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको रु ८८ लाख २० हजार आर्थिक सहयोगमा धादिङको गल्छी गाउँपालिकामा महेशफाट सिँचाइ आयोजना निर्माण भएको छ ।
गल्छी गाउँपालिकाका अध्यक्ष श्री केदारनाथ खतिवडा र भारतीय दूतावासका प्रशान्त कुमारले उक्त आयोजना उद्घाटन गरेका छन् ।
उद्धघाटन कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, सरकारी कर्मचारी, समाजसेवी तथा स्थानीय समुदायका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुसार उच्च प्रभाव सामुदायिक विकास आयोजना (एचआईसीडीपी) को रूपमा सञ्चालन गरिएको महेशफाट सिँचाइ आयोजना निर्माणका लागि भारत सरकारले अनुदान दिएको हो ।
यस सिँचाइ आयोजनाले स्थानीय कृषकहरूलाई बाली उत्पादनमा बृद्धि गर्न र उनीहरूको जीविकोपार्जन र आर्थिक स्थितिमा सुधार ल्याउन मद्दत गर्नेछ।
भारत सरकारले भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा धादिङ जिल्लामा १५ एम्बुलेन्स र २ स्कुल बस समेत सहयोग गरेको छ ।
प्रतिक्रिया