कर्णालीका उत्कृष्ट प्रध्यानाध्यापकमा सुर्खेतको बर्चस्व

कर्णालीका उत्कृष्ट प्रध्यानाध्यापकमा सुर्खेतको बर्चस्व

सुर्खेत - सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेशले उत्कृष्ट प्रध्यानाध्यापक सार्वजनिक गरेको छ । 

सात जना उत्कृष्ट प्रध्यानाध्यापक मध्य सुर्खेतका ४ जना परेका छन् ।

सुर्खेत बाट जनज्योति मावी बड्डिचौरका नारायण सिग्देल, अमर ज्योति नमुना मावी नेवारेका खगेन्द्र थापा , जन नमुना मावी वीरेन्द्रनगरका यम बहादुर श्रेष्ठ र एसोएस हर्मन माइनर माविका हरिहर बस्नेत उत्कृष्ट प्रध्यानाध्यापक घोषणा भएका हुन् ।

त्यस्तै सरस्वती मावी रिनिका,जुम्लाका  भिम बहादुर बिक, दैलेख पार्वती मावी गुराँस, दैलेखका  नगेन्द्र बहादुर शाही र मुगूम कामरिङ आवासीय मावी मुगूका कुशल शाही प्रदेशकै उत्कृष्ट प्रध्यानाध्यापक बन्न सफल भएका छन् ।

सामाजिक बिकास मन्त्रालयले शिक्षा समुह पत्रकारलाई प्रदेशका उत्कृष्ट प्रध्यानाध्यापक ७ जनाको लिस्ट पठाएको छ । शिक्षा पत्रकार समुहले देशभर राम्रो काम गरिरहेका प्रध्यानाध्यापकहरुको प्रोफाइल स्टोरी तयार पार्नेछ ।