पक्राउ परेका चौधरी चिरायु अस्पतालमा भर्ना
६२ वर्षीय चौधरी उच्च रक्तचापको बिरामी

काठमाडौं - बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र कारखानाका पूर्व कार्यकारी प्रमुख अजितनारायण थापालाई स्वास्थ चेकजाँचका लागि चिरायु अस्पताल लगिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा
तीन जनालाई पक्राउ गरेको थियो । अदालतले ऊनीहरुलाई ३ दिन थुनुवा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
ललिता निवास प्रकरणमा पक्राउ भएकालाई स्वास्थ समस्या देखाएर अस्पताल भर्ना गरिएको थियो । सरकारले उच्च घरानाका अभियुक्तलाई यस्तो सुविधा दिदै आएको छ ।
प्रतिक्रिया