पार्टीले टिकट दिए चुनाव लड्न तयार छु - सुहाङ नेम्वाङ

पार्टीले टिकट दिए चुनाव लड्न तयार छु - सुहाङ नेम्वाङ

काठमाडौं - संविधान सभा अध्यक्ष स्व. सुवास नेम्बाङका कान्छा छोरा सुहाङ नेम्वाङ राजनीतिमा आउने चर्चा पनि चलिरहेको छ ।

 

निर्वाचन आयोगले पनि बैशाखमा उप-निर्वाचनको तयारी गरिरहेको छ । इलाम -२ मा नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने बलियो सम्भावना छ । सुहाङ नेम्वाङले पार्टीले टिकट दिए निर्वाचन लड्न तय रहेको संकेत गरेका छन् । उनले भनेका छन् ` अवसर गुमाउने पक्षमा छैन, खुटा कमाउदिन ।´ 

 

बुवाको निधन भएको अपुष्ट खबर सुन्नासाथ सुहाङ हतार–हतार नेपाल फर्किएका थिए। बुवाको निधनपछि पारिवारिक र व्यावसायिक जिम्मेवारी सम्हालिरहेका सुहाङ राजनीतिमा अगाडि बढेका छन् ।