जनतामा गठबन्धन प्रति नकारात्मक धारणा - महामन्त्री थापा

जनतामा गठबन्धन प्रति नकारात्मक धारणा - महामन्त्री थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक संवाद अभियानका क्रममा अधिकांश स्थानमा गठबन्धन गलत भएको सुझाव आएको बताएका छन् ।

आइतबार चितवनमा आयोजित नागरिक संवाद कार्यक्रममा बोल्दै महामन्त्री थापाले अधिकांश कार्यक्रममा गठबन्धन गलत भएको सुझाव आएको बताएका हुन् ।

अभियानका क्रममा गठबन्धनका विषयमा आएका सुझावलाई अब पार्टीको दस्तावेजमा लेख्न सकिने उनले बताए । उनले पार्टीको गतिविधिमा नेता कार्यकर्तामाझ असन्तुष्टी भए त्यस्ता गतिविधिलाई सच्चाउनुपर्ने धारणा राखे ।

नागरिक संवादका क्रममा विकास योजना, बजेटलगायतका विषयमा सुझाव लिइरहेको थापाले बताए ।