गण्डकीमा निजी सवारीसाधन २५ वर्ष चलाउन पाइने

गण्डकी - गण्डकी प्रदेशमा २५ वर्षदेखि चलेका निजी सवारीसाधन खारेज गर्नुपर्ने भएको छ ।
निजी सवारीसाधनका लागि मुलुकमा पहिलोपटक यस्तो व्यवस्था गरिएको हो । संघीय कानून बमोजिम सार्वजनिक यातायातका सवारी साधनका लगि २० वर्षे प्रावधान लागू हुने गरेको छ ।
गण्डकी प्रदेशको सवारी तथा यातायात नियमावली, २०८० गत बिहीबार प्रादेशिक राजपत्रमा प्रकाशित भएपछि गण्डकी प्रदेशमा नयाँ व्यवस्था लागू भएको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले नेपालमा पहिलो पटक निजी सवारी साधन चल्ने २५ वर्ष तोकिएको बताएका छन् ।
प्रतिक्रिया