नामिबियाका राष्ट्रपतिको ८२ वर्षको उमेरमा निधन
नामिबिया-नामिबियाका राष्ट्रपति हेज गिन्गोबको राजधानी विन्डहोकको एक अस्पतालमा उपचारका क्रममा ८२ वर्षको उमेरमा निधन भएको छ ।
नामिबिया देशको स्वतन्त्रता संग्रामका एक दिग्गज गिन्गोबलाई क्यान्सर भएको पत्ता लागेको थियो र गत महिना उनी क्यान्सर पीडित रहेको सार्वजनिक भएको थियो ।
उपराष्ट्रपति नांगोलो एम्बुम्बाले आइतबार बिहान मृत्यु भयो घोषणा गरेका छन् । त्यसपछि उनको स्थानमा एम्बुम्बाले सपथ लिएका छन् ।
उपराष्ट्रपति नांगोलो एम्बुम्बाले यसै वर्षको अन्त्यतिर हुने निर्वाचनसम्मको जिम्मेवारी सम्हाल्नेछन् ।
"म जिम्मेवारीको बोझको यो गहिरो आवरण बुझ्छु," उपराष्टपति एम्बुम्बाले गिन्गोबको मृत्युको १५ घण्टा पछि विन्डहोकको स्टेट हाउसमा आकस्मिक रूपमा आयोजित सपथ ग्रहण समारोहमा भनेका थिए।
रास्ट्रपतिलाई श्रद्धाञ्जली अर्पण गर्दै उनले भने, "संविधानका प्रमुख निर्माता राष्ट्रपति गेइङ्गोबको नेतृत्वले हाम्रो राष्ट्र शान्त र स्थिर छ"।
गिन्गोबले पहिलो पटक २०१५ मा राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेका थिए । सन् १९९० मा नामिबिया स्वतन्त्र भएपछि उनले शीर्ष राजनीतिक पदमा काम गरेका थिए।
प्रतिक्रिया