मन्त्री ज्वालाको प्रतिबद्धता :सहिद ऋषि स्मृति चक्रपथ कालोपत्रे

मन्त्री ज्वालाको प्रतिबद्धता :सहिद ऋषि स्मृति चक्रपथ कालोपत्रे

काठमाडौं - भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सहिद ऋषि स्मृति चक्रपथ कालोपत्रे गर्ने प्रतिबद्धता गरेका छन् ।

सिम्ता गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्द र प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली मंगलबार मन्त्रालयमा गएर मन्त्री प्रकाश ज्वालालाई भेटेर सिम्ता गाउँपालिकाको तर्फबाट  सहिद ऋषि स्मृति चक्रपथ कालोपत्रे गर्नका लागि ५ करोड रकम माग गरेका छन् ।

मन्त्री ज्वालाका पुराना सहयात्री थिए स्वर्गीय ऋषि प्रसाद शर्मा ।२०६४ सालको संविधानसभा निर्वाचनको दुई दिन अगाडि उनको रहस्यमय हत्या भएको थियो ।

ऋषि शर्माको जन्मस्थल सिम्ता गाउँपालिका वडा नम्बर १ बाँखर्क बाट सुरुवात भएर जामुने बजार सम्म उनको स्मृतिमा चक्रपथ निर्माण गर्ने लक्ष्य सिम्ता गाउँपालिकाले लिएको हो ।

मन्त्री ज्वालाले आफूले उक्त योजनालाई गम्भीरतापूर्वक लिएको र बुझेको बताएका छन् ।  यो आर्थिक वर्षमा रु ५० लाख रकम विनियोजन गरिदिएकोमा गाउँपालिका अध्यक्ष चन्दले मन्त्री ज्वालालाई धन्यवाद दिएका छन् ।