कर्णाली प्रदेशका खेलाडीका लागि मौलिक पोशाक

सुर्खेत -कर्णाली प्रदेश खेलकुद परिषद्ले कर्णालीका खेलाडीले लागाउने पोशाक सार्वजनिक गरेको छ ।
कर्णालीको पहिचान झल्काउने गरि कर्णालीकै चिनारीमा पोशाक निर्माण गरिएको छ ।
देश प्रादेशिक संरचनामा गएका कारण कर्णालीका खेलाडीका लागि छुट्टै पोसाक बनाइएको कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले बताएका छन् ।
खेलकुद परिषदले कर्णालीका खेलाडीको लागि पोसाक बनाउने निर्णय कार्यान्वयन गरेको हो । पोशाकलाई आचारसंहिताको रूपमामा लागु गरि खेलाडीलाई वितरण गर्ने परिपाटी मिलाउने परिषदको तयारी छ ।
पोशाकमा कर्णाली नदि,कर्णालीमा पाईने यार्सा, कर्णालीका हिमाल, पञ्चदेवल, रारा, काक्रेविहार मन्दिर झल्कने छ ।
कर्णाली प्रदेशको खेलकुद पोशाकलाई सातै प्रदेशमा दर्ता गर्ने र कर्णालीबाट बाहिर खेल्न जादाँ पोशाक प्रयोग हुनेछ ।
प्रतिक्रिया