जिल्ला फुटबल संघको सक्रियताले थपेको उर्जा,पञ्चपुरीमा फुटबल प्रतियोगिता हुँदै

सुर्खेत - फाइभस्टार युवा खेलकुद तथा साँस्कृतिक क्लव पञ्चपुरीले यही फागुन १ गतेदेखि पञ्चपुरीको बाबियाचौरमा ‘प्रथम फाइभस्टार च्यालेन्ज कप – २०८०’ अन्तर्गत फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
‘प्रथम फाइभस्टार च्यालेन्ज कप – २०८०’ मा सहभागी हुन क्लवले माघ २८ गते बेलुका ४ बजेसम्म टिम दर्ताका लागि आह्वान गरेको छ ।
सबै खेलकुद प्रेमिहरुलाई उक्त प्रतियोगिता सफल बनाउनका लागि सहयोग गर्न अध्यक्ष नवीन सार्कीद्वाले आग्रह गरेका छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले एक लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी द्वितीय हुने टिमले ५० हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । टिम दर्ताका लागि ८ हजार ५ सय एक रुपैयाँ शुल्क तोकिएको छ ।
सहभागी टिमले सम्पूर्ण व्यवस्थापन खर्च आफैले व्यवस्थापन गर्नुपर्नेछ ।
फिफाको नियमानुसार खेलाइने खेल नक आउट सिस्टममा हुनेछ । उक्त प्रतियोगितामा विपक्ष टिमका विरुद्ध प्रोटेस्टको व्यवस्था गरिएको तर यसरी प्रोटेस्ट गर्न चाहेमा खेल सकिएको एक घण्टा भित्र ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको क्लवले जनाएको छ ।
https://himalayanmessage.com/news/detail/1074/
जिल्ला फुटबल संघमा रबिन्द्र चन्दको नेतृत्व आएपछि खेलकुद प्रतियोगिता गर्न जिल्लाका क्लबहरु विशेष चाँसोका साथ लागिरहेका छन् ।
जिल्ला फुटबल संघ सुर्खेतमा आएको नयाँ नेतृत्वको सक्रियता र खेलकुदकर्मीलाई थपेको उर्जाका कारण विभिन्न प्रतियोगिता आयोजना भइरहेका छन् ।
प्रतिक्रिया