स्पेनिस ला लिगा : जिरोनामाथि रियल म्याड्रिडको सानदार जित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले जिरोनामाथि सानदार जित निकालेको छ ।
गएराती सम्पन्न खेलमा जिरोनालाई ४–० गोल अन्तरले हराउँदै रियल मड्रिडले फराकिलो जित निकालेको हो ।
रियल म्याड्रिडको जितमा जुडे बेलिंगघमले २ तथा भिनिसियस जुनियर र रोड्रीगोले एक–एक गोल गरेका थिए ।
यो जितसँगै रियल म्याड्रिड २४ खेलबाट ६१ अंकका साथ शीर्षस्थानमा रहेको छ भने पराजित भएको जिरोना ५६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया