कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी तीब्र

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी तीब्र

काठमाडौं - कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी तिव्र  पारिएको छ । 

कर्णालीका अनगिन्ती कथा,जीवनशैली, भाषा, भेषभुषा, कला, संस्कृति, साहित्य, परम्परा र रितिरिवाजलाई संरक्षण र प्रबद्र्धन गर्न कर्णालीमा पहिलो पटक “कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव” आयोजना गर्न लागिएको छ । 

महोत्सवले कर्णालीमा रहेका चलचित्र छायांकन स्थलको प्रचारप्रसार गरी यहाँको पर्यटन बिकास, सामाजिक 

बिकासका लागी नागरिकमा चेतनाको अभिबृद्धि, अर्थिक गतिविधि, सूचना तथा प्रबिधिको बिकासमा महत्वपूर्ण  योगदान दिने कार्यक्रम निर्देशक चक्र बहादुर चन्दले बताएका छन् ।

महोत्सवले कर्णालीलाई चलचित्र पर्यटन तथा चलचित्र छायांकन स्थल बनाउन यस क्षेत्रका सम्भावित स्थलहरुको खोज 

अनुसन्धान गरी कर्णालीमा  धेरैभन्दा धरेैचलचित्र छायांकनका लागि आकर्षित गर्ने लक्ष्य लिएको छ ।

महोत्सवले समग्रमा कर्णालीको पर्यटन प्रबद्र्धन चलचित्र छायांकन निर्माण र चलचित्र मार्फत पर्यटन आवागमनको ढोका समेत खोल्नेछ ।