क्यानडा–११ विरुद्ध नेपाल ‘ए’ फिल्डिङमा

क्यानडा–११ विरुद्ध नेपाल ‘ए’ फिल्डिङमा

काठमाडौँ– क्यानडा–११ विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ले फिल्डिङ गरिरहेको छ ।

काठमाडौँको मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि क्यानडाले ब्याटिङ गरिरहेको छ ।

नेपालको प्लेइङ ११ मा कप्तान सन्दीप जोरासँगै अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, राशीद खान, सागर ढकाल, शाहब आलम, शेर मल्ल र रिजन ढकाल छन् । त्यस्तै बेन्चमा भने सुजन थपलिया, हेमन्त धामी, विनोद भण्डारी, आशुतोष घिरैया र प्रतिश जिसी छन् ।