चन्दको दबाबको उपज - कर्णाली प्रदेश फुटबल संघ निर्वाचन तय

चन्दको दबाबको उपज - कर्णाली प्रदेश फुटबल संघ निर्वाचन तय

सुर्खेत - अखिल नेपाल फुटबल संघ (एन्फा )केन्द्रीय सदस्य रबिन्द्र चन्दको रचनात्मक विरोधका कारण कर्णाली प्रदेश फुटबल संघ निर्वाचन तय भएको छ ।

एन्फा केन्द्रीय कार्यालयले कर्णाली प्रदेश फुटबल संघलाई १ महिना भित्र सम्पुर्ण तयारी फरेर केन्द्र बाट प्रतिनिधि माग्न पत्र पठाएको छ ।

सुर्खेत जिल्ला फुटबल संघमा अध्यक्ष समेत रहेका रबिन्द्र चन्दले कर्णाली प्रदेश फुटबल संघको तदर्थ समिति अवैधानिक भएकाले अविलम्ब निर्वाचन गर्न माग गरेका थिए ।

उनले एन्फा केन्द्रीय कार्यसमिति बैठक देखि सार्वजनिक रुपमै उक्त एजेन्डा उठाएका थिए ।