टस हारेको नेपाल नामिबियाविरुद्ध ब्याटिङ गर्दै, गुल्सन झा बेन्चमा

टस हारेको नेपाल नामिबियाविरुद्ध ब्याटिङ गर्दै, गुल्सन झा बेन्चमा

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ सिरिज अन्तर्गत आज हुने नामिबियाविरुद्धको खेलमा टस हारेर नेपालले ब्याटिङ गर्दैछ। टियु क्रिकेट मैदानमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन्।

घरेलु मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपाल आज बदला लिने तयारीमा छ। दोस्रो खेलमा विश्वकप खेलेर आएको नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपाल नामिबियाविरुद्ध उच्च मनोबलका साथ मैदानमा हुनेछ। नेपालले आज टोलीमा सामान्य परिवर्तन गरेको छ। गुल्सन झालाई बेन्चमा राखेर करण केसीलाई प्लेइङ–११ मा समेटेको छ।

 

लिग-२ मा नेपालसहित ८ देश नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका सहभागी छन्। अहिले नामिबिया र नेदरल्याण्ड्स नेपाल भ्रमणमा छन्।

 

आईसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुनेछन् भने पछाडि रहेका ४ देशले विश्वकपमा छनौट हुने अवसर पाउने छन्।